पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालनमा

नेपालभ्युज

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालनमा
फाइल फोटो

भरतपुर । पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–५, तुइन खोलामा खसेको पहिरो हटाएपछि यातायात सञ्चालनमा आएको हो ।

सोमबार राति पानी परेपछि मंगलबार सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

पहिरो हटाएपछि सवारीसाधनको चापलाई मध्यनजर गरी एकतर्फी बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved