स्कटल्यान्डविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, टोलीमा एक परिवर्तन

नेपालभ्युज

स्कटल्यान्डविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, टोलीमा एक परिवर्तन

काठमाडौं । त्रिदेशीय टी–२० श्रृंखलाअन्तर्गत आज (मंगलबार) नेपालले घरेलु टोली स्कटल्यान्डको सामना गर्दैछ ।

खेल नेपाली समयअनुसार साँझ पौने ८ बजे स्कटल्यान्डको ग्लासगोवमा सुरु हुनेछ ।

यसैबीच नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ रोजेका छन् ।

यसअघि सोमबार भएको खेलमा नेपाल नेदरल्यान्डसँग सुपर ओभरमा पराजित भएको थियो ।

नेपाली टोलीमा आज एक परिवर्तन भएको छ । घाइते नन्दन यादवको ठाउँमा बसिर अहमदलाई ल्याइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved