रवीन्द्र मिश्रसँग अदालतले माग्यो तीन लाख धरौटी

नेपालभ्युज

रवीन्द्र मिश्रसँग अदालतले माग्यो तीन लाख धरौटी

काठमाडौं । काठमाडौं जिल्ला अदालतले तीनकुने प्रकरणका आरोपी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई तीन लाख रुपैयाँ धरौटी मागेकाे छ । मंगलबारको थुनछेक बहसपछि तारादेवी महर्जनको इजलासले उनलाई तीन लाख धरौटी माग गरेकाे हाे ।

राजावादीहरूले गत १५ चैतमा तीनकुनेमा गरको आन्दोलनमा हिंसा तथा तोडफोड भएको थियो । यसपछि मिश्रलगायतलाई राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरको अभियोग लगाइएको छ ।

यसअघि थुनामा रहेका मिश्र जेठ २ मा हाजिरी जमानीमा रिहा भएका थिए । यसपछि उनी मंगलबार आदालतमा उपस्थित भएका हुन् ।

सोही घटनाका आरोपी राप्रपाका महामन्त्री डा. धवलशमशेर राणालाई पनि सोमबार काठमाडौं जिल्ला अदालतले तीन लाख रुपैयाँ धरौटी मागेको थियाे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved