कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक

नेपालभ्युज

कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक

काठमाडौं । नेपाली कांग्रेसले बुधबारका लागि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहान ८ः३० बजे बैठक बस्ने कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

‘उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ पौडेलले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पूर्वउद्योगमन्त्री तथा कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ढुण्डिराज शास्त्री (पौडेल)को निधनको शोक प्रस्ताव पारितलगायत विषयका लागि बैठक बोलाइएको उनले नेपालभ्युजलाई बताए ।

शास्त्रीको सोमबार बिहान काठमाडौंको केएमसी अस्पतालमा उपचारका क्रममा ९० वर्षको उमेरमा निधन भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved