काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्को अवरोध हटाउने विषयमा गृहमन्त्री रमेश लेखकसँग छलफल गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री लेखकको राजीनामा माग गरी संसद् अवरोध गर्दै आएका छन् । विपक्षीको अवरोधका बीच पनि प्रतिनिधिसभामा बजेटमाथिको सैद्धान्तिक छलफल भएको छ ।
प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रसँग दुईबुँदे सहमतिपछि सभामुख देवराज घिमिरेले विरोधका बीच संसद् चलाइरहेका छन् । आज गृहमन्त्री लेखकसँग सभामुख घिमिरेले दुईबुँदे सहमति कार्यान्वयन र रास्वपाको मागलगायतका विषयमा सिंहदरबारमा छलफल गरेका हुन् । सभामुखले संसद् भवनमा रास्वपासँग पनि छलफल गर्दै छन् ।
एक बजे प्रतिनिधिसभाको बैठक बस्ने भनिए पनि साढे एक बजेसम्म बैठक सुरु हुन सकेको छैन ।
Facebook Comment
Comment