काठमाडौं महानगरले भदौ मसान्तसम्म सडक र फुटपाथ खन्न रोक्यो

नेपालभ्युज

काठमाडौं महानगरले भदौ मसान्तसम्म सडक र फुटपाथ खन्न रोक्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाले भदौ मसान्तसम्म सार्वजनिक सडक र फुटपाथ खन्ने अनुमति तथा सहमति दिने कार्य स्थगन गर्ने निर्णय गरेको छ ।

महानगरपालिकाको सार्वजनिक निर्माण विभागद्वारा जारी सूचनामा भनिएको छ, “२०७२ असार १ गतेदेखि भदौ मसान्तसम्मका लागि सडक/फुटपाथ खन्ने स्वीकृतिरसहमति दिने कार्य रोकिएको छ ।”

यो निर्णयको उद्देश्य सडक तथा पैदल मार्ग व्यवस्थापनलाई प्रभावकारी बनाउने र वर्षायाममा हुने सम्भावित क्षति न्यूनीकरण गर्नु रहेको जनाइएको छ ।

महानगरले क्षेत्रभित्र कुनै पनि खन्ने कार्य नगरिने जानकारी सार्वजनिक गर्दै सबैलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved