बाँकेमा ब्राउन सुगरसहित एक व्यक्ति पक्राउ

नेपालभ्युज

बाँकेमा ब्राउन सुगरसहित एक व्यक्ति पक्राउ

बुटवल । बाँके प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका– १ प्रगतिटोल बस्ने २९ वर्षीय चुनचुन पासी रहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिए ।

उपरीक्षक घर्तीका अनुसार उनकाे साथबाट १०६ ग्राम १८० मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद भएको छ । पासीले सेतो प्लास्टिकमा बेरिराखेको अवस्थामा उक्त लागुऔषध बरामद भएको हो ।

आइतबार पक्राउ परेका पासीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको पनि प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले ब्राउन सुगरसहित पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved