बागमतीको बजेट ६७ अर्ब ४७ करोड

नेपालभ्युज

बागमतीको बजेट ६७ अर्ब ४७ करोड

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष  २०८२/०८३ का लागि आइतबार बजेट ल्याएको छ । आइतबार बागमती प्रदेशसभामा आर्थिक मामिलामन्त्री कुन्दन काफ्ले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरे ।

जसमा चालुतर्फ २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार रुपैयाँ विनियोजन गरिएको छ । यस्तै आर्थिक मामिलामन्त्री काफ्लेले पुँजीगततर्फ ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार बजेट विनियोजन गरेको बताए ।

कुल बजेटको ३८.६ प्रतिशत चालुतर्फ विनियोजन गरिएको छ, भने पुँजीगततर्फ ६१.४ प्रतिशत रहेको छ । आयको स्रोत आन्तरिक राजस्व, विविध र संघीय सरकारबाट प्राप्त वित्तीय हस्तान्तरणबाट जुटाइने मन्त्री काफ्लेले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved