बागमतीमा दलहरूबीच कुरा मिल्यो, प्रदेशसभामा बजेट प्रस्तुत

नेपालभ्युज

बागमतीमा दलहरूबीच कुरा मिल्यो, प्रदेशसभामा बजेट प्रस्तुत

हेटौंडा । बागमती प्रदेशमा दलहरूबीच कुरा मिलेपछि प्रदेशसभामा आर्थिक वर्ष २०८२–८३ को बजेट प्रदेशसभामा प्रस्तुत भएको छ ।

आइतबार राति आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले बजेट प्रस्तुत गरिरहेका छन् ।

केहीबेरअघि मन्त्रिपरिषद्को बैठकले बजेट पारित गरेको थियो ।

६४ अर्बको बजेट ल्याउने सबै दलहरूसँग छलफल भए पनि सरकारले प्रतिपक्षी दलहरूसँगको छलफललाई बेवास्ता गरी ७२ अर्बको बजेट ल्याउन लागेकाले त्यहाँ असहमति रहेको थियो ।

यसले गर्दा आइतबार दिउँसो ३ बजे निर्धारित समयमा बजेट प्रस्तुत हुन सकेन । फेरि साँझ साढे ६ बजेका लागि निर्धारण गरिएको बैठक पनि बस्न सकेन । यसपछिको प्रयासले दलहरूबीच सहमति भएपछि प्रदेशसभामा बजेट प्रस्तुत भइरहेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved