सिटिजन लाइफले कर्मचारीलाई दियो सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम 

नेपालभ्युज

सिटिजन लाइफले कर्मचारीलाई दियो सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम 

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

गत जेठ ३० गते कम्पनीको प्रधान कार्यालय थापाथलीमा कम्पनीका सञ्चालक समिति, संस्थापक लगानीकर्ता, उच्च व्यवस्थापन समितिसहित कम्पनीमा कार्यरत सम्बन्धित सम्पूर्ण कर्मचारीहरूको उपस्थितिमा सो कार्यक्रम आयोजना गरिएको थियो ।

काठमाडौं उपत्यका बाहिरका प्रदेश प्रमुख साथै शाखा प्रबन्धकहरूले कार्यक्रममा अनलाइनमार्फत सहभागितामा जनाएका थिए ।

यस कार्यक्रमलाई नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछाने साथै उप निर्देशक पदम प्रसाद सोडारीले प्रस्तुत गरेका थिए । साथै, कार्यक्रमको आयोजना कम्पनीका तर्फबाट कानुन, अनुपालन तथा जोखिम व्यवस्थापन अधिकृत बिदुर बहादुर भुजेलले गरेका थिए ।

उक्त तालिममा ग्राहकको सम्पत्ति र आयको श्रोतको विवरण राख्ने, ग्राहक पहिचान फारमलाई अद्यावधिक राख्ने, गैर कानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved