एक्सपेङ जी सेभेनले बनायो कीर्तिमान, ४६ मिनेटमै दश हजार अर्डर

नेपालभ्युज

एक्सपेङ जी सेभेनले बनायो कीर्तिमान, ४६ मिनेटमै दश हजार अर्डर

काठमाडाैं । चीनको प्रसिद्ध इलेक्ट्रिक गाडी निर्माता कम्पनी XPENG ले हालै सार्वजनिक गरेको नयाँ इलेक्ट्रिक SUV—G7 ले विश्व EV बजारमा नयाँ कीर्तिमान कायम गरेको छ ।

२०२५ जुन ११ मा चीनमा सार्वजनिक भएको यो गाडीले केवल ४६ मिनेटभित्रै १०,००० भन्दा बढी प्रि-अर्डर प्राप्त गर्दै ईभी क्षेत्रमै तहल्का मच्चाएको हो ।

यसले उपभोक्तामा एक्सपेशङको प्रविधिमा आधारित विश्वास र आकर्षण स्पष्ट रूपमा देखाएको छ । G7 मा XPENG द्वारा विकास गरिएको अत्याधुनिक ‘Turing AI chip’, Huawei सँगको सहकार्यमा निर्मित ८७ इन्चको एआर हुड डिस्प्ले, उच्चस्तरीय स्वचालित ड्राइभिङ सिस्टम, र फाइभसी अल्ट्रा-फास्ट चार्जिङ सुविधा उपलब्ध छन् ।

यस गाडीमा ७०० किलोमिटरको अधिकतम ड्राइभिङ रेञ्ज रहेको छ । G6 मा OTA अपडेट, XOS अपरेटिङ सिस्टम, ८००V चार्जिङ, SEPA 2.0 आर्किटेक्चर जस्ता अत्याधुनिक प्रविधिहरू उपलब्ध छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved