मुख्यमन्त्रीसँग मन्त्री असन्तुष्ट भएपछि ढिलागरी सुरु भयो लुम्बिनीमा बजेट भाषण

नेपालभ्युज

मुख्यमन्त्रीसँग मन्त्री असन्तुष्ट भएपछि ढिलागरी सुरु भयो लुम्बिनीमा बजेट भाषण

लुम्बिनी । मुख्यमन्त्री चेतनारायण आचार्यसँग आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीलगायत मन्त्रीहरू असन्तुष्ट भएपछि लुम्बिनी प्रदेशसभामा ढिलागरी बजेट भाषण सुरु भएको छ ।

पटक–पटक सरेको बजेट प्रस्तुत गर्ने कार्यक्रम आइतबार साँझ ६ बजे मात्र सुरु भएको हो ।

यसअघि दिउँसो ३ बजेलाई निर्धारण गरेको समय साँझ ५ बजेका लागि सारिएको थियो ।

त्यसपछि पनि विवाद भएको थियो । अहिले दुवै पक्ष ‘कम्प्रमाइज’मा आएपछि साँझ ६ बजे बजेट भाषण सुरु भएको छ ।

मुख्यमन्त्री आचार्यले बजेट बनाउने विषयमा आफूहरूलाई पेलेको भन्दै नेपाली कांग्रेसबाट मन्त्री बनेका आर्थिक मामिलामन्त्री कार्कीलगायत असन्तुष्ट बनेका थिए ।

मुख्यमन्त्री आचार्य भने नेकपा एमालेबाट मुख्यमन्त्री बनेका हुन् ।

अहिले आर्थिक मामिलामन्त्री कार्कीले लुम्बिनी प्रदेशसभामा आर्थिक वर्ष २०८२–८३ को बजेट प्रस्तुत गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved