गण्डकी । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब ३२ अर्बको बजेट ल्याएको छ ।
आइतबार गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले आगामी आवका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।
जसमा चालुतर्फ १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगततर्फ १९ अर्ब ९ करोड ३३ लाख २४ हजार रुपैयाँ छुट्याइएको छ ।
त्यस्तै, वित्तीय व्यवस्थापनतर्फ २५ करोड ७८ लाख रुपैयाँ छुट्याइएको छ ।
गण्डकीको बजेटको आयस्रोतमा संघीय अनुदानबाट वित्तीय समानीकरण अनुदान ७ अर्ब ७३ करोड ८९ लाख रुपैयाँ, राजस्व बाँडफाँट ९ अर्ब ७९ करोड २९ लाख रुपैयाँ, रोयल्टी बाँडफाँट ४९ करोड ८९ लाख रुपैयाँ, सशर्त अनुदान ३ अर्ब ३५ करोड ६४ लाख रुपैयाँ, समपूरक अनुदान ६३ करोड ९७ लाख रुपैयाँ र विशेष अनुदान ४९ करोड ८६ लाख रुपैयाँ प्राप्त हुनेछ ।
यसैगरी, आन्तरिक राजस्वबाट ५ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ, नगद मौज्दातबाट २ अर्ब २४ करोड ५० लाख रुपैयाँ र अपुग रकम पूर्तिका लागि १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋण लिइने अर्थमन्त्री डा. गुरुङले बताए ।
Facebook Comment
Comment