कोशी बजेट : मैथिली र लिम्बू भाषालाई सरकारी कामकाजको भाषा बनाइने

नेपालभ्युज

कोशी बजेट : मैथिली र लिम्बू भाषालाई सरकारी कामकाजको भाषा बनाइने

काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै मैथिली र लिम्बू भाषालाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्ने निर्णय गरेको छ ।

आर्थिक तथा योजनामन्त्री रामबहादुर मगरले बजेट प्रस्तुत गर्दै भाषा आयोगको सिफारिसलाई आधार मानेर यी दुई भाषालाई सरकारी कामकाजमा समावेश गर्न आवश्यक व्यवस्था मिलाइने बताए । उनले भने, ‘भाषा आयोगबाट सिफारिस भएर आएको मैथिली र लिम्बू भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्न आवश्यक व्यवस्था मिलाइने छ ।’

भाषा आयोगले कोशी प्रदेशको सांस्कृतिक र भाषिक विविधताको संरक्षण र प्रवर्द्धनका लागि मैथिली र लिम्बू भाषालाई सरकारी कामकाजको भाषाको रूपमा सिफारिस गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved