जसपा नेपालका प्रदेश सांसद कुशवाहा निलम्बित, मधेशमा निलम्बनमा पर्ने तीन पुगे

जसपा नेपालका प्रदेश सांसद कुशवाहा निलम्बित, मधेशमा निलम्बनमा पर्ने तीन पुगे

जनकपुरधाम । मधेश प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बित भएका छन् । शुक्रबार बसेको मधेश प्रदेशसभाको बैठकमा सभामुख रामचन्द्र मण्डलले अख्तियार दुरुपयोग अनुसन्धानको निलम्बनसम्बन्धी पत्र पढेर सुनाएपछि उनको पद निलम्बनमा परेको हो ।

यससँगै मधेश प्रदेशमा निलम्बन हुने सांसदको संख्या तीन पुगेको छ । निलम्बनमा पर्नेहरूमा दुईजना महोत्तरी र एकजना धनुषाका सांसद रहेका छन् ।

विभिन्न उपभोक्ता समिति गठन गरी उपभोक्ता समितिको रकम नीजि सचिव विनोदलाल कायस्थको खातामा जम्मा गरी घुसबापतको उक्त रकम सिंहले आफ्नो खातामा जम्मा गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । सिंह बिहीबार काठमाडौंको अनामनगरबाट पक्राउ परेका थिए ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट सिंह महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४९२० बाट निर्वाचित भएका थिए ।

उनका सचिव कायस्थ महोत्तरीबाटै केही दिनअघि पक्राउ परेका थिए ।

यसअघि धनुषाका दीपेन्द्र ठाकुर र महोत्तरीका अभिराम शर्मा निलम्बित भइसकेका छन् ।

यसअघि भवन निर्माणमा अनियमितता गरेको आरोपमा सत्तारुढ नेकपा एमालेका मधेश प्रदेश सांसद ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

उनीसहितलाई प्रतिवादी बनाएर मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । ठाकुर धनुषा ३(२) बाट निर्वाचित सांसद हुन् । उनी मधेश प्रदेश सभामा एमाले संसदीय दलका उपनेता पनि थिए । भ्रष्टाचारको मुद्दा लागेसँगै उनको सांसद पद निलम्बनमा परेको छ ।

त्यसैगरी २०८० मंसिर २८ गते लोकतान्त्रिक समाजवादी (लोसपा)का मधेस प्रदेश संसदीय दलका नेतासमेत रहेका अभिराम शर्मालाई सहित सात जनालाई जिल्ला अदालत महोत्तरीले जन्म कैदको सजाय सुनाएपछि २०८१ वैशाख १८ गते देखि निलम्बन गरिएको थियो । उनलाई सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा संग्लन रहेको भन्दै अदालतले जन्मकैदको सजाय सुनाएको हो ।

यसअघि अदालतले ठाकुरलाई पनि भ्रष्टाचार मुद्दामा र शर्मालाई ज्यान मुद्दामा जन्मकैदको सजाए अदालतले सुनाइसकेको छ ।

मधेश प्रदेशसभामा १०७ जना सांसद रहेकोमा तीनजना निलम्बनमा परेपछि हाल १०४ प्रदेशसभा सदस्य कायम भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved