मदन भण्डारी विश्वविद्यालयमा पीएचडीलाई सतप्रतिशत छात्रवृत्ति, मासिक २० हजार भत्ता 

नेपालभ्युज

मदन भण्डारी विश्वविद्यालयमा पीएचडीलाई सतप्रतिशत छात्रवृत्ति, मासिक २० हजार भत्ता 

काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले विद्यावारिधि (पीएचडी) अध्ययन गर्ने सबै विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ।

विश्वविद्यालयले पीएचडीमा भर्ना हुने विद्यार्थीहरूलाई शतप्रतिशत छात्रवृत्तिसहित तीन वर्षका लागि मासिक २० हजार रुपैयाँ शैक्षिक भत्ता पनि उपलब्ध गराउने जनाएको छ।

मकवानपुरको चितलाङमा अवस्थित सो विश्वविद्यालयले आउँदो नोभेम्बर सत्रका लागि अप्लाइड साइन्स सङ्कायअन्तर्गत स्नातकोत्तर र विद्यावारिधि तहका लागि आवेदन खुलाएको छ।

विद्यावारिधि (पीएचडी) का लागि चार विधा:

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)
अर्गानिक एग्रिकल्चर
फरेस्ट बायोमटेरियल साइन्स एन्ड इन्जिनियरिङ
सस्टिनेबल एन्ड रेजिलियन्स इन्फ्रास्ट्रक्चर

स्नातकोत्तर (मास्टर्स) का लागि तीन विधा:

अर्गानिक एग्रिकल्चर
फरेस्ट बायोमटेरियल साइन्स एन्ड इन्जिनियरिङ
सस्टिनेबल एन्ड रेजिलियन्स इन्फ्रास्ट्रक्चर

विश्वविद्यालयका उपप्राध्यापक डा. राजिव सुब्बाका अनुसार स्नातकोत्तर तहमा एक सेमेस्टरको शुल्क ७५ हजार रुपैयाँ तोकिएको छ। यद्यपि, यस तहका विद्यार्थीहरूका लागि पनि २५ देखि शतप्रतिशतसम्म छात्रवृत्ति र शैक्षिक भत्ताको व्यवस्था गरिएको छ। विशेषगरी, हरेक विधाका दुई/दुई जना विद्यार्थीले शतप्रतिशत छात्रवृत्तिसहित दुई वर्षका लागि मासिक १२ हजार रुपैयाँ शैक्षिक भत्ता प्राप्त गर्न सक्नेछन्।

इच्छुक विद्यार्थीहरूले आउँदो असार २० गतेसम्म आवेदन दिन सक्ने विश्वविद्यालयले जनाएको छ। आवेदन दिनको लागी तलको लिङ्कमा क्लिक गर्नुहोस् ।
https://mbust.bbnepal.com/student/admissio


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved