काठमाडौं । अनेरास्ववियुको राष्ट्रिय सम्मेलनमा डा. सुजन कडरिया अध्यक्षमा निर्वाचित भएका छन् । कीर्तिपुरमा जारी सम्मेलनमा बिहीबार सम्पन्न विद्युतीय मतदानमा कडरियाले प्रतिद्वन्द्वी प्रकाश पौडेललाई केवल ७ मतको न्यूनतम अन्तरले पराजित गरेका हुन् ।
मतगणनाका क्रममा दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको थियो । कडरियाले ७३२ मत प्राप्त गर्दा पौडेलले ७२५ मत ल्याएका थिए ।
दुवै नेताहरू पूर्ण प्यानल सहित निर्वाचनी मैदानमा उत्रिएका थिए । कडरियाको प्यानल अध्यक्ष मण्डलकै तर्फबाट प्रस्ताव भएको थियो भने पौडेलले अध्यक्ष मण्डलको प्रस्तावप्रति असहमति राख्ने समूहहरूलाई एकजुट गरेर प्यानल निर्माण गरेका थिए ।
महासचिव पदमा कडरियाकै प्यानलका दीपक धामी विजयी भएका छन् । पौडेलको प्यानलबाट महासचिवका उम्मेदवार आरके रोमस पराजित भएका छन् ।
निर्वाचित पदाधिकारीहरू
अध्यक्ष : डा. सुजन कडरिया
उपाध्यक्षहरू: बिकास श्रेष्ठ र अन्जना सिवाकोटी
महासचिव : दीपक धामी
उप-महासचिव : कमल जोशी
सचिवहरू : आकाश घर्ती, ई. रचना सापकोटा, गोपाल नेपाल र सबिम बाबू खान
Facebook Comment
Comment