तीनकुने घटना : को-को धरौटीमा छुटे, को-को गए थुनामा ?

नेपालभ्युज

तीनकुने घटना : को-को धरौटीमा छुटे, को-को गए थुनामा ?

काठमाडौं । काठमाडौं जिल्ला अदालतले तीनकुने घटनामा संलग्न दुर्गा प्रसाई सहित ७ जनालाई थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीश ध्रुवराज कार्कीको इजलासले प्रसाई सहित ७ जनालाई थुनामा पठाउँदा ३२ जनालाई भने धरौटीमा छोड्न आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठका अनुसार, प्रसाईँलाई आपराधिक उपद्रवको कसुरमा थुनामा पठाउने आदेश भएको हो ।

बिहीबार राती आएको थुनछेक आदेश अनुसार प्रसाईसहित तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणी रेग्मी, शुशील बराल, केशव बस्नेत र कुमार तामाङलाई थुनामा पठाइएको छ ।

त्यस्तै धरौटीमा छुट्ने ३२ जनाको विवरण यस्तो छ ।

हरिहर चौलागाईं : १ लाख धरौटी
सन्तोष कुमार सिलवाल : १ लाख धरौटी
भिम भन्ने हेमराज थारु : १ लाख धरौटी
गोपाल मल्ल ठकुरी : २० हजार धरौटी
पशुपति खड्का : १० हजार धरौटी
बिष्णु पराजुली : १० हजार धरौटी
पुस्कर खतिवडा : २० हजार धरौटी
मुनिन्द्र राजभण्डारी : १० हजार धरौटी
कुमार बस्नेत : २० हजार धरौटी
अनिल कुमार थापा : १० हजार धरौटी
गोपाल भन्ने तारानाथ बोहोरा : १० हजार धरौटी
दानबहादुर न्यौपाने : १० हजार धरौटी
उमेश तामाङ : १० हजार धरौटी
भानुभक्त पौडेल : १० हजार धरौटी
बिष्णुजंग बस्नेत भन्ने बिष्णु बस्नेत : १ लाख धरौटी
देवी प्रसाद संग्रौला : १० हजार धरौटी
प्रेमथापा मगर : १० हजार धरौटी
ओमप्रकाश लुईटेल : १० हजार धरौटी
तेजबहादुर रायमाझी : १० हजार धरौटी
मनबहादुर काला : १० हजार धरौटी
निराजान कुमार गिरि : ५० हजार धरौटी
प्रेधबहादुर श्रेष्ठ : ५० हजार धरौटी
रमेश राई : २० हजार धरौटी
दिवस बोगटी क्षेत्री : १० हजार धरौटी
दिलकुमार श्रेष्ठ : १० हजार धरौटी
कमल कुमार विष्ट : २० हजार धरौटी
लोकबहादुर बस्नेत : २० हजार धरौटी
दिनेश खड्का : ५० हजार धरौटी
अमित शाह : ५० हजार धरौटी
सुमन कार्की : १० हजार धरौटी
जित बहादुर श्रेष्ठ : ५० हजार धरौटी
मनोजकुमार सापकोटा : १० हजार धरौटी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved