विमान दुर्घटनापछि बन्द गरिएको अहमदाबाद विमानस्थल खुल्यो

नेपालभ्युज

विमान दुर्घटनापछि बन्द गरिएको अहमदाबाद विमानस्थल खुल्यो

काठमाडौं । एअर इन्डियाको विमान दुर्घटनापछि बन्द गरिएको भारतको अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल खोलिएको छ ।

विमानस्थल खुलेको अपडेट अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलको आधिकारिक सामाजिक सञ्जाल एक्सको खातामा दिइएको छ ।

‘सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल, अहमदाबादमा सञ्चालन पुनः सुरु भएको छ । अहमदाबाद विमानस्थल अब सीमित उडानहरूसँग सञ्चालनमा छ,’ जसमा भनिएको छ ।

साथै, यात्रुहरूलाई आफ्नो उडानका लागि सम्बन्धित एअरलाइन्समा सम्पर्क गर्न पनि सल्लाह दिइएको छ ।

एअर इन्डियाको विमान दुर्घटनापछि अहमदाबाद विमानस्थल बन्द


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved