प्रसाईंसहित तीनकुने घटनाका आरोपीको थुनछेक बहस सकियो, आदेशको पर्खाइ

नेपालभ्युज

प्रसाईंसहित तीनकुने घटनाका आरोपीको थुनछेक बहस सकियो, आदेशको पर्खाइ

काठमाडौं । गत चैत १५ मा काठमाडौंको तीनकुनेमा भएको घटनाका मुख्य आरोपीको रुपमा मुद्दा दायर गरिएका व्यवसायी दुर्गा प्रसाईंसहितका प्रतिवादीहरूविरुद्धको थुनछेक बहस जिल्ला अदालत काठमाडौंमा सकिएको छ । बिहीबार साँझ ५ बजे नै बहस सकिए पनि आदेश भने रातिसम्म आएको छैन ।

यद्यपि बिहीबार नै आदेश आउने तयारी रहेको यसअघि अदालत स्रोतले जानकारी दिएको थियाे ।

जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा २० जेठदेखि निरन्तर थुनछेक बहस भइरहेको बहस बिहीबार सकिएको हो ।

तीनकुने घटनालाई लिएर सरकारी वकिल कार्यालयले ११ जेठमा ६१ जनाविरुद्ध मुद्दा दायर भएको थियो । प्रतिवादीमध्ये प्रसाईंसहित ३९ जना हिरासतमा छन् ।

आपराधिक उपद्रवको मात्रै मुद्दा लागेका ११ जना धरौटी बुझाएर रिहा भइसकेका छन् ।

राजावादी आन्दोलनका तत्कालीन कमान्डर प्रसाईंसहित आठ जनालाई भने राज्यद्रोह, कर्तव्य ज्यान र संगठित अपराधको समेत मुद्दा लगाइएको छ ।

तीनकुने घटनामा एक पत्रकारसहित दुईजनाको मृत्यु भएको थियो भने ठूलो भौतिक क्षति भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved