अहमदाबाद । भारतको अहमदाबादमा भएको बिहीबार भएको एअर इन्डियाको विमान दुर्घटनामा एक यात्रु बाँच्न सफल भएका छन् ।
बेलायती नागरिक ४० वर्षीय विश्वासकुमार रमेश बाँच्न सफल भएको हिन्दुस्थान टाइम्समा समाचार छ ।
हाल उनी असारवास्थित सिभिल अस्पतालको सामान्य वार्डको एउटा बेडमा उपचाररत छन् ।
विश्वासले विमान उडेको १० सेकेन्डमा समस्या सुरु भएको बताएका छन् ।
‘उडेको ३० सेकेन्डमै ठूलो आवाज आयो र त्यसपछि विमान खस्यो । सबै कुरा यति चाँडो भयो कि सोच्नै सकिएन,’ उनले भने ।
दुर्घटनाबाट घाइते भएका विश्वासलाई लाई छाती, आँखा र खुट्टामा चोट लागेको छ ।
बिहीबार दिउँसो १ः५४ बजे उडेर बेलायतको ग्याटविकतर्फ जान लागेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान केही मिनेटमै दुर्घटनाग्रस्त भएर आगो लागेको थियो ।
जीवित रहन सफल विश्वास केही दिनका लागि भारत आएका थिए । उनी आफ्ना ४५ वर्षीय दाजु अजयकुमार रमेशसँगै फर्किँदै थिए ।
विमानमा चालक दलका सदस्यसहित २४२ जना सवार थिए । अन्य कोही पनि जीवित भएको पुष्टि भएको छैन ।
हालसम्म २०४ जनको शव भेटिएको छ । बाँकी ३८ जनाको अवस्थाबारे कुनै आधिकारिक जानकारी आएको छैन ।
Facebook Comment
Comment