एअर इन्डिया विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि

नेपालभ्युज

एअर इन्डिया विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि
फोटो - बीबीसी

काठमाडौं । भारतको अअहमदावादमा बिहीबार भएको एअर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २०४ पुगेको छ । २३० यात्रु र १२ जना क्रु मेम्बरसहित २४२ जना रहेको विमान लन्डनका लागि उडेको केही मिनेटमै दुर्घटनामा परेको थियो ।

बीबीसीले भारतीय प्रहरीको हवला दिँदै मृत्यु हुनेको संख्या पुष्टि गरेको छ । अहमदावादका पुलिस कमिश्नर जीएस मलिकले २०४ जनाको शव फेला परेको बताएका छन् । उनले ४१ जनाको अस्पतालमा उपचार भइरहेको बताएका छन् । सो विमान चिकित्सकहरू बस्ने एक छात्रावासमा खसेको थियो । त्यसैले मृत्यु हुनेमा छात्रावासमा रहेकाहरू पनि हुन सक्ने जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved