प्रतिपक्षीले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित

नेपालभ्युज

प्रतिपक्षीले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित

काठमाडाैं । प्रतिपक्षीले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ ।

बिहीबार प्रतिनिधिसभा सुरु हुने बितिकै प्रतिपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका थिए । भिजिट भिसा प्रकरणमा छानविन समिति गठन गर्नुपर्ने माग राख्दै उनीहरुले विरोध जनाएका हुन् । उनीहरुले

विरोध जनाएपछि सभामुख देवराज घिमिरेले संसद् सांसदहरूको बोल्ने थलो भएकाले जनताको मुद्दामाथि बहस गर्ने वातावरण बनाउन आग्रह गरे ।

संघर्षको स्वरुप परिवर्तन गर्दै संसद् सञ्चालन हुने अवस्था सिर्जना गर्नसमेत उनले आग्रह गरे । प्रतिपक्षी दलका सांसदले निरन्तर उठेर विरोध जनाएपछि सभामुख घिमिरले कार्यसूचीमा रहेका कार्यक्रमलाई हटाउँदै शुक्रबार १ बजे बस्नेगरि स्थगित गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved