कैलालीमा दुई फरार अभियुक्तमाथि गोली प्रहार गरेर पक्राउ

नेपालभ्युज

कैलालीमा दुई फरार अभियुक्तमाथि गोली प्रहार गरेर पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं । कैलालीमा प्रहरीले दुई फरार अभियुक्तमाथि गोली प्रहार गरेर पक्राउ गरेको छ ।

ज्यान मार्ने उद्योगका आरोपित मिलन चन्द र रिदम ढुंगानालाई बिहीबार भजनी नगरपालिका–७ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका सूचना अधिकारी डीएसपी राजकुमार सिंहले नेपालभ्युजलाई जानकारी दिए ।

‘खुकुरी प्रहार गरेर ज्यान मार्ने प्रयास गरेको आरोपमा लागेका उनीहरू फरार थिए,’ उनले भने, ‘बिहीबार पक्राउ गर्न सफल भइयो,’ उनले भने, ‘नियन्त्रणमा लिन पहिले हवाइफायर गरियो । त्यति गर्दा पनि उनीहरू फरार भएपछि घुँडामुनि गोली हानेर पक्राउ गरिएको हो ।’

टीकापुरमा गत जेठ १५ गते स्थानीय टेकेन्द्रसिंह विष्टमाथि खुकुरी प्रहार भएको घटनामा कैलारी गाउँपालिका–२ को शिवरत्नपुरबाट दुई जनालाई पक्राउ गरिएको थियो।

त्यसपछि पक्राउ गरेर प्रहरी चाैकी ल्याउने क्रममा भजनी गाउँपालिका–७ मा आएपछि पिसाब फेर्ने क्रममा उनीहरू फरार भएको बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved