एअर इन्डियाको विमान दुर्घटना : कुन देशका कति नागरिक सवार थिए ?

नेपालभ्युज

एअर इन्डियाको विमान दुर्घटना : कुन देशका कति नागरिक सवार थिए ?
फोटो - बीबीसी

काठमाडौं । भारतमा दुर्घटना भएको एअर इन्डियाको विमानमा २४२ जना यात्रु सवार रहेको खुलेको छ । एअर इन्डियाले एक्समार्फत् यसबारे जानकारी दिएको हो ।

विमानमा १६९ जना भारतीय नागरिक, ५३ जना बेलायती, सात जना पोर्चुगलका र एक जना क्यानडाको नागरिक रहेको एअर इन्डियाले जनाएको छ ।

घाइतेहरूलाई उद्दार गरेर नजिकैको अस्पतालमा लगिएको छ ।

दुर्घटना भएको मेघानीनगर आईजी कम्प्लेक्सबाट कालो धुवाँको मुस्लो उडिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अहिले यस क्षेत्र जाने सबै सडकहरू बन्द गरिएको छ ।

उक्त विमान अहमदाबादबाट लन्डन जाँदै थियो र अहमदाबाद विमानस्थलबाट उडान भरेको केही समयपछि मेघानीनगर नजिकै दुर्घटनाग्रस्त भएको हो ।

विमानस्थलबाट मेघानीनगरको दूरी लगभग १५ किलोमिटर छ । दुर्घटना लगत्तै ७ वटा दमकलका गाडी घटनास्थलमा पुगेर आगो निभाउन थालेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved