चुनावी वाचा नभुलेका रामआशिष यादव

चुनावी वाचा नभुलेका रामआशिष यादव

काठमाडौं । देशको राजनीतिक परिदृश्यमा नकारात्मकता र खर्चिलो चुनाव प्रणालीले गहिरो जरा गाडिरहेको बेला जनकपुरधामबाट प्रदेशसभा सदस्यका रूपमा निर्वाचित रामआशिष यादव एउटा फरक उदाहरण बनेका छन् ।

जनता समाजवादी पार्टी (जसपा)बाट प्रदेश सांसद बनेका यादवले चुनावमा कुनैपनि भोजभतेर, मासु–भात वा रक्सीको प्रयोग नगरी जनताबाट मत प्राप्त गरेका थिए । अरु उम्मेदवारहरु निर्वाचनपछि खर्च कसरी उठाउने भन्ने चिन्तामा पर्दा यादव जनताको सेवा कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने सोचमा लागिपरेका छन् ।

सामाजिक सेवा र विकासका क्षेत्रमा सक्रिय यादवले जनकपुरका दलित समुदायका बालबालिकाका लागि निःशुल्क पढ्ने व्यवस्था मिलाएका छन् । यसबाहेक उनले जनकपुरका डाक्टर, सैनिक, विद्यार्थी र समाजसेवीहरूको सहयोगमा ऐतिहासिक धार्मिकस्थल गङ्गा सागर पोखरीको नियमित सरसफाइ कार्यलाई निरन्तरता दिइरहेका छन् । गङ्गा सागरमा हरेक साँझ हुने आरतीमा सहभागिता बढ्दै जाँदा वातावरण सफा र आकर्षक बनिरहेको स्थानीय बासिन्दाहरू बताउँछन् ।

राजनीतिमा व्याप्त अविश्वास र निराशाका बीच यादवले देखाएको सादगीपूर्ण जीवनशैली, जनमुखी सोच र सेवामुखी कार्यशैलीले नेपाली राजनीतिमा आशाको नयाँ किरण देखिएको बताइन्छ ।

  

(विकास रौनियार कान्तिपुर पब्लिकेशन्समा फोटो सम्पादकको रूपमा काम गरिसकेका फोटोग्राफर हुन् । उनका तस्वीरहरू द न्युयोर्क टाइम्स, एलए टाइम्स, सन्डे टाइम्स र आउटलुक जस्ता अन्तर्राष्ट्रिय प्रकाशनहरूमा प्रकाशित भइसकेका छन् । हाल उनी Morph म्यागजिनका सम्पादक छन् ।)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved