अनेरास्ववियुको मतदान बिहीबार बिहान मात्रै सुरु हुने

नेपालभ्युज

अनेरास्ववियुको मतदान बिहीबार बिहान मात्रै सुरु हुने

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्व चयनका लागि बुधबार रातिका लागि तय भएको मतदान बिहीबार बिहान मात्रै हुने भएको छ ।

निर्वाचनको प्राविधिक व्यवस्थापनका कारण मतदान सरेको संगठनका निवर्तमान उपाध्यक्ष नारायण घर्तीले जानकारी दिए ।

यसअघि निर्वाचन समितिले बुधबार राति ८ बजेदेखि २ बजेसम्म मतदातको समय तोकेको थियो ।

सुरक्षाकर्मीले राति मतदान गर्दा समस्या हुने औँल्याएपछि बिहानका लागि सारिएको हो ।

अनेरास्ववियुको महाधिवेशन कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा जारी छ । त्रिवि हलमा मतदान हुने कार्यक्रम छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved