रौतहटमा लुटपाटमा संलग्न दुई व्यक्ति पक्राउ, भागेकाको खोजीकार्य जारी

नेपालभ्युज

रौतहटमा लुटपाटमा संलग्न दुई व्यक्ति पक्राउ, भागेकाको खोजीकार्य जारी
सांकेतिक तस्वीर

रौतहट । रौतहट प्रहरीले लुटपाटमा संलग्न रौतहट जिल्ला यमुनामाई गाउँपालिका–१ जेठरहीया झाझपुल स्थायी ठेगाना भएका २२ वर्षीय मुकेश महतो र २० वर्षीय सीताराम महतोलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख नेत्रमणि गिरीले बुधबार बिहान झाझपुल नजिकै लुकिछिपी बसेका व्यक्तिहरूले रौतहट दुर्गाभगवती गाउँपालिका–३ मत्सरीका ३५ वर्षीय कृष्णमणि झालाई लुटपाट गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जानकारी दिए ।

लुटपाट गर्ने उद्देश्यले झाझपुल नजिक लुकिछिपी बसी रहेका सात÷आठ जना अपरिचित्त व्यक्तिले मोटरसाइकलमा सवार झालाई रोकी उनको साथमा रहेको धनमाल लुटी मोटरसाइकलसमेत लैजान लागेको अवस्थामा उनीहरूलाई पक्रेको प्रहरीले जनाएको छ । सो घटनामा संलग्न पेसेवर केही लुटेरा भागेको र अहिले तिनीहरूको खोजीकार्य तीव्र गतिमा भइरहेका प्रहरी प्रमुख गिरीले जानकारी दिए ।

यसअघि पनि सो क्षेत्रमा लेटेरा समूहले धनमाल लुट्ने गरेको तथा स्थानीयलाई दुःख दिने गरेको र आपराधिक गतिविधि बढेको भन्ने सूचनाप्राप्त भएपछि त्यस क्षेत्रमा सुरक्षागस्ती बढाइएको पनि प्रहरीले बताएको छ ।

सो घटनामा पक्राउ परेका दुई लुटेरासँग बयान लिने काम भइरहेको र भागेहरूको खोजी भइरहेको जानकारी दिँदै प्रहरी प्रमुख गिरीले जिल्लाको शान्ति सुरक्षा, अमनचयन कायम गर्न प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताए । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved