अनेरास्ववियुको नेतृत्वमा जुटेन सहमति, बुधबार निर्वाचन हुँदै

नेपालभ्युज

अनेरास्ववियुको नेतृत्वमा जुटेन सहमति, बुधबार निर्वाचन हुँदै

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको नेतृत्वमा सहमति नजुटेपछि निर्वाचन हुने भएको छ ।

निर्वाचन समितिले मंगलबार निर्वाचन तालिका सार्वजनिक गर्दै बुधबार मतदान हुने जानकारी दिएको हो ।

संगठन विभाग प्रमुख भानुभक्त ढकालले सर्वसहमतिका लागि अध्यक्षमा डा. सुजन कडरिया, उपाध्यक्षहरूमा प्रकाश पौडेल, अञ्जना सिवाकोटी र महासचिव दीपक धामीको नाम अघि सारेका थिए । तर असन्तुष्ट समूहले त्यसमा असहमति जनाउँदै निर्वाचन प्रक्रिया अगाडि बढाउनु पर्ने माग गर्दै नाराबाजी गरेकाे थियाे ।

यसपछि निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

उम्मेदवारको दर्ता फारम मंगलबार ३ देखि ५ बजेसम्म वितरण गर्ने तथा ४ देखि ६ बजेसम्म दर्ता गर्ने निर्वाचन कार्यक्रममा उल्लेख छ । मतदान त्रिवि हल कीर्तिपुरमा बुधबार बिहान १० बजेदेखि ५ बजेसम्म हुने तालिकामा जनाइएको छ ।

निर्वाचन तालिका :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved