बेगनास तालमा बेपत्ता पुरुष ३५ फिट गहिराइमा मृत भेटिए

नेपालभ्युज

बेगनास तालमा बेपत्ता पुरुष ३५ फिट गहिराइमा मृत भेटिए

काठमाडौं । बेगनास तालमा बेपत्ता पुरुष मृत भेटिएका छन् ।

गोरखाको शहिदलखन गाउँपालिका–३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ पौडी खेल्ने क्रममा आइतबार साँझ साढे ७ बजेतिर बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाकाअनुसार गोताखोरसहितको सुरक्षा फौजले सोमबार करिब ३५ फिट गहिराइबाट श्रेष्ठको शव निकालेको हो ।

बेपत्ता श्रेष्ठको खोजीका लागि सशस्त्र प्रहरी बल नम्बर २४ कालीका गणबाट सशस्त्र प्रहरी निरिक्षकको कमाण्डमा ७ जना गोताखोरसहितको टोली परिचालन गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved