भारतीय टीभी अभिनेता विभु राघवको निधन

नेपालभ्युज

भारतीय टीभी अभिनेता विभु राघवको निधन

काठमाडौं । भारतीय टीभी अभिनेता वैभवकुमार सिंह राघवको निधन भएको छ ।

विभु राघवको नामले चिनिने वैभवकुमार सिंह राघवले जुन २ मा अन्तिम सास फेरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी २०२२ देखि चौथो चरणको कोलोन क्यान्सरबाट पीडित थिए । उनको मुम्बईको नानावती अस्पतालमा उपचार भइरहेको थियो।

उनले ‘निशा एण्ड उस्के कजिन्स’, ‘सुभ्रिन गुग्गल’ र ‘रिदम’ जस्ता टीभी कार्यक्रमहरूबाट पहिचान बनाएका थिए । अभिनेत्री कावेरी प्रियम र अभिनेता करणवीर मेहराले विभु राघवको निधनमा शोक व्यक्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved