चक्रपथमा यातायात व्यवसायी र मजदुरको चक्काजाम, अस्पताल र विमानस्थल जाने यात्रु मारमा (तस्वीरहरू)

चक्रपथमा यातायात व्यवसायी र मजदुरको चक्काजाम, अस्पताल र विमानस्थल जाने यात्रु मारमा (तस्वीरहरू)

काठमाडौं । संघीय ऐनसँग बाझिने गरी गण्डकी प्रदेश सरकारले ल्याएको यातायात नियमावली खारेजीको माग गर्दै यातायात व्यवसायी तथा मजदुरहरूले काठमाडौंको चक्रपथ र भक्तपुर मुख्य सडक ठम्प बनाएका छन् ।

उनीहरू शनिबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ बागमती प्रदेशको आयोजनामा चक्काजाम गरिरहेका हुन् । बिहान ११ः३० बजेबाट सुरु भएको चक्काजाम १२ः३० बजे सकिने बताइएकाे छ ।

उनीहरूले टेम्पो, ट्याक्सी, बस, ट्रकलगायत सार्वजनिक सवारीसाधनबाट यात्रुलाई ओरालेका थिए ।

यसले गर्दा अस्पताल र विमानस्थल गएका यात्रु बढी मारमा परेका छन् । आइतबार पनि माइतीघर मण्डलामा विरोधसभाको आयोजना गरिने कार्यक्रम छ ।

यातायात व्यवसायीले नियमावली खारेजी नगरे जेठ १९ गते सोमबार देखि अनिश्चितकालसम्म देशभर सवारीसाधन नचलाउने चेतावनी दिएका छन् ।

चक्रपथअन्तर्गत चावहिलमा खिचिएका तस्वीरहरू :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved