अख्तियारले नियन्त्रणमा लिएका सहसचिव भट्टराई हाजिरी जमानीमा छुटे

नेपालभ्युज

अख्तियारले नियन्त्रणमा लिएका सहसचिव भट्टराई हाजिरी जमानीमा छुटे

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई हाजिरी जमानीमा छुटेका छन् ।

बोलाएको बखत उपस्थित हुने गरी उनी बुधबार साँझ कागज गरेर छुटेको अख्तियार स्रोतले जनाएको छ ।

बुधबार छुटेपनि भट्टराईले अब बिहीबार नै अख्तियारमा उपस्थित हुनुपर्ने छ । भिजिट भिसाको आवरणमा मानव तस्करसँग सेटिङ गरेर नेपालीलाई विभिन्न मुलुक पठाएको आरोपमा अनुसन्धानका लागि उनलाई अख्तियारले बुधबार दिउँसो नियन्त्रणमा लिएको थियो ।

अख्तियार टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा छापा मारेको थियो । सो क्रममा त्यहाँ कार्यरत भट्टराईलाई नियन्त्रणमा लिएको थियो ।

अख्तियारको टोलीले कार्यालयका कम्प्युटर तथा विभिन्न डिभाइसहरू नियन्त्रणमा लिएको स्रोतले बताएको छ ।

विमानस्थलका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराईलाई बुधबारमात्रै गृह मन्त्रालय तानिएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved