पोखरा विमानस्थल निर्माणको भ्रष्टाचार छानबिन गर्न लेखाले दियो अख्तियारलाई निर्देशन

नेपालभ्युज

पोखरा विमानस्थल निर्माणको भ्रष्टाचार छानबिन गर्न लेखाले दियो अख्तियारलाई निर्देशन

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितताको छानबिन संसद्‌को सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जिम्मा लगाउने भएको छ ।

बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता छानबिनका लागि गठित उपसमितिको प्रतिवेदनमा आधारित रहेर भ्रष्टाचारबारे अनुसन्धान गर्न समितिले अख्तियारलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

विमानस्थल निर्माणमा १० अर्ब घोटाला भएको उपसमितिको प्रतिवेदनमा उल्लेख छ । विमानस्थलको लागत मूल्य बढाएर अर्को अन्तर्राष्ट्रिय विमानस्थल निर्माण बराबरको रकम अनियमितता भएको उपसमितिको निष्कर्ष छ ।

समितिमा सांसदहरूले उपसमितिको प्रतिवेदनमा उठेका प्रश्नमाथि अध्ययन गर्दै अनुसन्धान गर्न लेखाले अख्तियारलाई भनेको छ । निर्णय सुनाउँदै सभापति ऋषिकेश पोखरेलले भने, ‘प्रतिवेदनमा भएका विषयवस्तु हेर्दा १५ वटा मुलभूत प्रश्नहरू अघि सारेको देखिन्छ । यी प्रश्नहरूलाई निर्णयकै रुपमा समावेश गरेर हामीले अख्तियार पठाउने निर्णय गरेका छौँ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved