राप्रपा युवा सङ्गठनका संयोजक केसीलाई छोड्न सर्वोच्चको आदेश

नेपालभ्युज

राप्रपा युवा सङ्गठनका संयोजक केसीलाई छोड्न सर्वोच्चको आदेश

काठमाडौं । फेसबुकमा स्ट्याटस लेखेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा सङ्गठनका संयोजक सुजित केसीलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

बुधवार न्यायाधीश बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले केसीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै हिरासत मुक्त गर्न आदेश दिएको हो ।

उनले काङ्ग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए ।

केसीको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइको लागि मङ्गलबार पेसी तोकिएको थियो । तर, रवि लामिछाने बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइमा समय सकिएपछि केसीको रिट हेर्न नभ्याइनेमा पुगेपछी आज (बुधबार) सुनुवाइ भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved