लेखा समितिमा रास्वपा सांसद शाहको धारणाप्रति मञ्जु खाणको प्रतिवाद

नेपालभ्युज

लेखा समितिमा रास्वपा सांसद शाहको धारणाप्रति मञ्जु खाणको प्रतिवाद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद  असिम शाहले भैरहवा विमानस्थल छानबिनमा सार्वजनिक प्रश्न उठेको मञ्जु खाणलाई राखेर नबल्झिएको घाउ बल्झिएको भनेपछि खाणले त्यसप्रति प्रतिवाद गरेकी छिन् ।

भैरहवा विमानस्थलमा योगेश भट्टराईलाई नबस्न आग्रह गर्दा उनले स्वीकार गरेको तर सार्वजनिक रूपमा प्रश्न उठेको खाणलाई ल्याएर फसाइएको अभिव्यक्ति दिएपछि खाणले प्रतिवाद गरेकी हुन् ।

‘माननीय योगेश भट्टराईलाई भैरहवा विमानस्थल छानबिन उपसमितिमा नबस्न आग्रह गर्दा उहाँले मान्नुभयो । तर उपसमितिमा सार्वजनिक प्रश्न उठिरहेका मञ्जु खाणलाई ल्याइदिनुभयो नबल्झिएको घाउ बल्झियो । तपाइँलाई बेकारमा ल्याएर फसाइएको जस्तो लाग्यो,’ साहले भने ।

त्यसपछि लगत्तै खाणले भनिन्, ‘माननीय ज्यू ज्यू मेरो अब्जेक्सन,‘तपाइँले के आधारमा मलाई प्रश्न गर्नुभयो ?’

खाणको प्रश्नमा जवाफ दिँदै असीमले भने, ‘कुन निकायमा मेरो मुद्दा छ । मिडियाले सार्वजनिक गरेकै भरमा म अपराधी हुने हो?’

उनले असिमको भनाइप्रति आपत्ति जनाउँदै अभिव्यक्ति फिर्ता लिन माग गरिन् । ‘तपाइँले बायस भएर भन्नुभयो । तपाइँले यो अभिव्यक्ति फिर्ता लिनुपर्छ ।’

त्यसपछि असिमले भने, ‘तपाइँले राम्रो काम गरेर यसलाई पुष्टि गर्नुहोस् ।’

उनको यो भनाइपछि खाण झनै आक्रोशित बनिन् । ‘इनफ इज इजफ । तपाइँहरूले पार्टीगत रूपमा बायस गर्ने?’ यो शब्द तपाइँले फिर्ता गर्नुपर्छ ।’

सबै दलले निर्णय गरेर एउटा महिलाले उपससितिको संयोजक पाउँदा विरोध गर्ने कुरा जायज नरहेको उनले बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved