सार्कको सार्थकता समाप्त भइसक्यो – भाजपा नेता जोली

नेपालभ्युज

सार्कको सार्थकता समाप्त भइसक्यो – भाजपा नेता जोली

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)का नेता डा. विजय जोलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सार्थकता समाप्त भइसकेको बताएका छन् ।

नेपाल भ्रमणमा रहेका नेता जोलीले बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यसअघि प्रभावकारी मञ्चको रुपमा रहेको सार्कको सार्थकता अहिले समाप्त भइसकेको बताएका हुन् ।

सार्क निष्प्रभावकारी हुनुमा पाकिस्तान दोषी रहेको उनको आरोप छ । जोलीले नेपाल–भारतबीचको सम्बन्ध अटुट रहेको भन्दै यसलाई निरन्तर अघि बढाइने धारणा राखे ।

नेपाल र भारतबीच रोटी र बेटीको सम्बन्धबाहेक सौनिक क्षेत्रमा पनि गहिरो सम्बन्ध रहेको उनले बताए । नेपालमा रहेको बहुदलीय लोकतन्त्रात्मक प्रणालीको पक्षमा सदैव भारत रहेको उनको भनाइ छ ।

जोलीले नेपालको धर्मनिरपेक्षताका बारेमा जनताको मतलाई बुझ्दै अघि बढ्नुपर्ने उल्लेख गरे । नेपालीभित्रका सबै बिषयको निर्णय लिने अधिकार नेपाली जनतालाई र यहाँका राजनीतिक दलहरुलाई मात्रै रहेको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved