सर्लाहीमा मुस्लिम समुदायका व्यक्तिहरूमाथि भएको ज्यादतिको छानबिन गरी दोषीलाई कारबाही गर्न सांसद चौधरीको माग

नेपालभ्युज

सर्लाहीमा मुस्लिम समुदायका व्यक्तिहरूमाथि भएको ज्यादतिको छानबिन गरी दोषीलाई कारबाही गर्न सांसद चौधरीको माग

काठमाडौं । राष्ट्रियभाकी सांसद पूजा चौधरीले सर्लाहीमा मुस्लिम समूदायका व्यक्तिहरूमाथि भएको ज्यादतिको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेकी छिन् ।

बुधबार राष्ट्रियसभाको बैठकको विशेष समयमा आफ्नो धारणा राख्दै उनले देशमा सद्भाव बिग्रँदै गएकोप्रति चिन्ता व्यक्त गरिन् ।

‘सर्लाही पर्सा गाउँपालिका ५ मा मुस्लिम समुदायका तस्लिम अन्सारी र अस्लिम अन्सारीमाथि भएको आमानवीय व्यवहारप्रति भत्र्सना गर्दछु । उनीहरूलाई सुँगुरको खोरमा बाँधी कुटपिट गर्नु धार्मिक सहिष्णुताविरुद्ध हो । यस घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गर्दछु,’ उनले भनिन् ।

साथै सांसद चौधरीले मधेस प्रदेशलगायत तराईका जिल्लामा बाढीको जोखिमलाई मध्यनजर गर्दै सरकारको ध्यानाकर्षण गराइन् ।

साथै उनले हुम्लामा लेदोसहितको पहिलो आएकाकाले प्रभावितलाई राहत तत्काल उपलब्ध गराउन माग राखिन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved