पोखरा विमानस्थल निर्माणको अनियमितता छानबिन तत्कालै अख्तियारलाई जिम्मा दिन माग

नेपालभ्युज

पोखरा विमानस्थल निर्माणको अनियमितता छानबिन तत्कालै अख्तियारलाई जिम्मा दिन माग

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमिततामा छानबिनका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा तत्कालै पठाउन सांसद राजेन्द्र केसीले माग गरेका छन् ।

लेखा समितिमा अनियमितताबारे उपसमितिको प्रतिवेदनबारेको छलफलमा बोल्दै उनले आयोगलाई तत्कालै छानबिनका लागि पत्राचार गर्नुपर्ने बताएका हुन् । ‘यसको लागत अस्वाभाविक ढङ्गले बढाइएको छ । प्राविधिक विषयमा फेर पनि छलफल गर्न सकिएला, हामी अभियोजन गर्ने निकाय नभएकाले अख्तियारलाई तत्कालै छानबिनको लागि पत्राचार गरौँ,’ उनले भने ।

यसमाथिको छानबिनको कार्यक्षेत्र अख्तियारकै रहेकाले धेरै नगिजोल्न उनले माग गरे । उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा १० अर्ब भन्दा बढी अनियमितता भएको प्रतिवेदन तयार गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved