श्रीमान्-श्रीमतीबीचको झगडा कम गर्न ‘ढुकुर जोडी’ प्रतियोगिता
नेपालभ्युज
काठमाडौं । मोरङको सुन्दरहरैंचा नगरपालिकाले श्रीमान् र श्रीमतीबीचको झगडा कम गर्न भनेर अनौठो पहल थालेको छ । नगरपालिकाले ‘उत्कृष्ट ढुकुर जोडी’ प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ ।
श्रीमान्–श्रीमतीको सम्बन्धलाई बलियो बनाउने उद्देश्यले यस्तो प्रतियोगिता गर्न लागिएको नगरपालिकाले बताएको छ ।
न्यायिक समितिमा श्रीमान् र श्रीमतीको झगडाका विषय अत्यधिक आएको भन्दै नगरपालिकाको ढुकुर जोडी प्रतियोगिता गराउन लागेको हो । ढुकुर जोडी प्रतियोगितमा भाग लिन वडा कार्यलयमा निवेदन दिन पनि नगरपालिको आग्रह गरेको छ ।
प्रतियोगितमा भाग लिन १२ वटा सर्त राखिएको छ ।
विवाह गरेको कम्तीमा दश वर्ष पुगेको हुनुपर्ने, श्रीमान् श्रीमती दुवै जना नेपाली नागरिक हुनुपर्ने, विवाह दर्ता गरेको हुनुपर्ने र संयुक्त परिवारमा (बुवा वा आमा/ सासु वा ससुरासँग) बसेको हुनुपर्ने सर्त राखिएका छन् ।
यस्तै बुवाआमा र सासुससुराको राम्रोसँग हेरचाह, पालनपोषण, मायाममता गरेको हुनुपर्ने पनि सर्त छ । श्रीमान् श्रीमतीको झगडा लिएर अदालत, प्रहरी चौकी, न्यायिक समिति वा समाजमामा नपुगेको र वैदेशिक रोजगारमा २ वर्षभन्दा बढी नबसेको हुनुपर्ने सर्त राखिएको छ ।
Facebook Comment
Comment