काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कम्पनीले सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिका निष्कर्षलाई काउन्टर दिँदै प्रकाशित गरेको विज्ञप्तिको संयोजक राजेन्द्र लिङ्देनले प्रतिवाद गरेका छन् ।
समितिको बैठकमा बोल्दै ठेकेदार कम्पनीको विज्ञप्ति भ्रामक रहेको उनले बताए । सार्वभौम संसदीय समितिअन्तर्गतको उपमसमितिले तयार गरेको प्रतिवेदनलाई प्रभावित पार्ने उद्देश्यले विज्ञप्ति आएको भन्दै उनले त्यसको विरोध गरे ।
‘सार्वभौम संसद्ले निर्माण गरेको समितिको प्रतिवेदन उपर भ्रमपूर्ण भाषा सहितको विज्ञप्ति निकालेर प्रभाव पार्ने ढङ्गले विज्ञप्ति आएको छ । यो गलत छ,’ उनले भने । लिङ्देनले उपसमितिको प्रतिवेदन पारित गर्दै कार्यान्वयनमा अघि बढ्न पनि अनुरोध गरे ।
विमानस्थल निर्माणको ठेक्का लिएको China CMAC Engineering Co. Ltd ले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको उपसमितिद्वारा तयार गरिएको “पोखरा क्षेत्रीय अन्तरर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन र अनुगमन प्रतिवेदनलाई गलत करार गरेको थियो ।
चिनियाँ ठेकेदार कम्पनीले प्रतिवेदनकै अनुसन्धान गर्न आह्वान गरेको छ । एक सूचना जारी गर्दै उसले भनेको छ, ‘CMACE ले सम्बन्धित नेपाली सरकारी निकायहरुलाई उक्त प्रतिवेदनको अनधिकृत प्रकाशनको अनुसन्धान गर्न, त्यसमा रहेको गलत सामग्रीलाई स्पष्ट पार्न र घटनाको सत्यतथ्य उजागर गर्न विनम्र अनुरोध गर्दछ ।’
Facebook Comment
Comment