ऊर्जामन्त्रीको गुनासो – विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्दै दुःख दिन्छन्

नेपालभ्युज

ऊर्जामन्त्रीको गुनासो – विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्दै दुःख दिन्छन्
फाइल फोटो

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लोडसेडिङ सामाजिक सञ्जालको हल्लामात्रै भएको बताएका छन् ।

सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले मर्मतसम्भारका लागि बाहेक अन्य कुनै पनि बहानामा लोडसेडिङ नहुने बताए ।

तर, दुःख दिने हिसाबले केही व्यक्तिले विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्ने गरेको खड्काले बताए ।

“रातको १२ बजे विदेशबाट फोन आउँछ, म फोन उठाउँछु, पटक-पटक आउँछ । अनि हामी कहाँ बत्ती गयो भन्छौँ । पछि बुझ्दा सबैतिर हुन्छ बत्ती । यसरी भ्रम फैल्याउने काम भइरहेको छ । यो खालको एउटा दुष्प्रचार प्रसार गरिएको पाइन्छ । दु:ख दिने काम भइरहेको छ,” उनी भन्छन् ।

उत्पादन बढाइरहेकोले यस वर्ष लोडसेडिङ नहुने उनी बताउँछन् । कम उत्पादन भएको समयमा आयात गरेर आवश्यक बिजुली उपलब्ध गराएको खड्काले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved