नागरिक प्रथम अभियानले मधेशबाट गर्‍यो अन्त्योदय आन्दोलनको घोषणा

नेपालभ्युज

नागरिक प्रथम अभियानले मधेशबाट गर्‍यो अन्त्योदय आन्दोलनको घोषणा

काठमाडौं । नागरिक प्रथम अभियानले मधेशबाट अन्त्योदय आन्दोलनको घोषणा गरेको छ । मधेशका ग्रामीण क्षेत्रका बासिन्दाका अधिकार स्थापित गर्न र उनीहरूका पीडा समाधानका लागि सरकारलाई दबाब दिन आन्दोलनको घोषणा भएको हो ।

आन्दोलन घोषणाअघि मिटरब्याजपीडित र मधेशका सीमान्तकृत समुदायसँग नागरिक प्रथमले अभियानले सामूहिक छलफल गरेको थियो । उक्त छलफलले समाजको पिँधमा रहेका मान्छेहरूको उदयका लागि अन्त्योदय आन्दोलन जरुरी रहेको निष्कर्ष निकालेको छ ।

उक्त छलफलबाट १० बुँदे दाबी पत्र तयार गरेको छ । जसमा नागरिकता, रासन कार्ड, भूस्वामित्व, आवास योजना, शिक्षालगायतका एजेन्डा समावेश छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved