निर्वासन मुद्दामा ट्रम्प प्रशासनलाई सङ्घीय न्यायाधीशको चेतावनी

नेपालभ्युज

निर्वासन मुद्दामा ट्रम्प प्रशासनलाई सङ्घीय न्यायाधीशको चेतावनी

काठमाडौं । अमेरिकी सङ्घीय अदालतका एक न्यायाधीशले आप्रवासी नागरिकहरूलाई दक्षिण सुडान पठाएकोमा ट्रम्प प्रशासनलाई अवहेलनाको चेतावनी दिएका छन् ।

न्यायाधीश ब्रायन मर्फीले देश निकाला गत महिना आफूले दिएको आदेशको उल्लङ्घन हुने बताएका छन् ।

बीबीसीकाअनुसार उनले अमेरिकी सरकारलाई आप्रवासीहरूलाई सुनुवाइको “उचित अवसर” नदिई तेस्रो देशमा देश निकाला गर्नबाट रोक लगाएका थिए ।

न्यायाधीश मर्फीलाई दिएको निवेदनमा वकिलहरूले भनेका छन्, “म्यानमार र भियतनामका नागरिकसहित एक दर्जन मानिसहरू बोकेको विमान मंगलबार दक्षिण सुडानमा अवतरण गरेको थियो ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved