रवि लामिछानेको रिटमा आज सुनुवाइ नहुने

नेपालभ्युज

रवि लामिछानेको रिटमा आज सुनुवाइ नहुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा बुधबार सुनुवाइ नहुने भएको छ ।

मङ्गलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा रिटमाथि सुनुवाइ भएको थियो । तर, सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

बुधबार न्यायाधीश सुवेदी संवैधानिक इजलासमा रहेकोले लामिछानेको रिटमा सुनुवाइ नहुने भएको हो । वैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले रिट दायर गरेकी थिइन् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved