सुनको भाउ तोलामा ५ हजारले बढ्यो

नेपालभ्युज

सुनको भाउ तोलामा ५ हजारले बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ उच्च मूल्यले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेको हो । सुन आज तोलाको १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मङ्गलबार सुन तोलाको १ लाख ८४ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ५० रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved