स्विमिङ पुलमा एक युवकको मृत्यु, ८ जना साथी पक्राउ

नेपालभ्युज

स्विमिङ पुलमा एक युवकको मृत्यु, ८ जना साथी पक्राउ

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित दाहाखानी भिउ रिसोर्टको स्विमिङ पुलमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतो रहेको प्रहरीले जनाएको छ ।

मंगलबार साँझ करिब ६ बजे  आफ्ना १० जना साथीहरूसँग रिसोर्टमा गएका महतो खाजा खाइसकेपछि  स्विमिङ पुलमा गएका थिए ।

स्विमिङ पुलको पानीमा तैरिरहेको अवस्थामा  उद्धार गरी उनलाई राति साढे १२ बजे भरतपुरको पुरानो मेडिकल कलेज पुर्‍याइए पनि चिकित्सकले  मृत घोषणा गरेका थिए ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मुग्लिङबाट  खटिएको  प्रहरी टोलीले आवश्यक अनुसन्धानका लागि मृतक महतोसँगै गएका साथीहरूलाई नियन्त्रणमा लिएको छ ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय चितवनमा राखेर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे आफन्तलाई जानकारी गराएर थप अनुसन्धान गरिरहेको बताएको छ ।

यी हुन् नियन्त्रणमा लिइएका महतोका साथीहरू:

सुमन थापा (२२), भरतपुर–२२
प्रविण घिमिरे (२६), भरतपुर–२२
आदेश सुबेदी (२६), भरतपुर–१३
आशिष शर्मा (२९), भरतपुर–१४
मेघलाल चुंडाल (५७), काठमाडौं–२२ जोरपाटी
दिपेश महत्तो (२६), भरतपुर–२२
शुबु खत्री (१९), भरतपुर–२२
नारायण बस्नेत (२६), सुन्दरबजार–१, लमजुङ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved