भारतविरुद्धको सैन्य कारबाहीमा ‘महत्वपूर्ण भूमिका खेलेको’ भन्दै पाकिस्तानी सेना प्रमुख मुनीरलाई बनाइयो फिल्ड मार्शल

नेपालभ्युज

भारतविरुद्धको सैन्य कारबाहीमा ‘महत्वपूर्ण भूमिका खेलेको’ भन्दै पाकिस्तानी सेना प्रमुख मुनीरलाई बनाइयो फिल्ड मार्शल

काठमाडौं । भारतविरुद्धको सैन्य कारबाहीमा महत्वपूर्ण भूमिका खेलेको भन्दै पाकिस्तान सरकारले सेना प्रमुख जनरल असिम मुनीरलाई फिल्ड मार्शल बनाउने निर्णय गरेको छ ।

साथै, सरकारले एयर चीफ मार्शल जहीर अहमद बाबर सिद्धुलाई उनको कार्यकाल पूरा भएपछि पनि पाकिस्तानी वायुसेना प्रमुखको रूपमा कायम राख्ने निर्णय गरेको छ ।

यी दुवै निर्णय प्रधानमन्त्री शाहबाज शरिफको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार गरेको हो ।

प्रधानमन्त्री कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘जनरल असिम मुनीरलाई उनको साहसी नेतृत्व, रणनीतिक सोच र भारतविरुद्ध गरिएको सैन्य कारबाहीमा उनले खेलेको महत्वपूर्ण भूमिकाका कारण यो पदोन्नति दिइएको हो ।’

यो निर्णय हुनुभन्दा पहिले प्रधानमन्त्री शरिफले राष्ट्रपति आसिफ अली जरदारीलाई भेटेर उनको समर्थन लिएकाे बीबीसीको समाचारमा जनाइएको छ ।

पाकिस्तान सरकारको यस निर्णयका बारेमा जनरल मुनीरले यो सम्मान सम्पूर्ण राष्ट्र,सशस्त्र बल, नागरिक र सैन्य शहीद र दिग्गजहरूलाई समर्पित गर्न चाहेको बताएका छन् ।

‘म यो सम्मान सम्पूर्ण राष्ट्र, पाकिस्तानको सशस्त्र बल, विशेषगरी नागरिक र सैन्य शहीद र दिग्गजहरूलाई समर्पित गर्दछु,’ उनले भने, ‘पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रिपरिषद्को विश्वासका लागि म आभारी छु ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved