नेपाल प्रहरीका ११ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

नेपालभ्युज

नेपाल प्रहरीका ११ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।

मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुने एसएसपीहरूमा सुदर्शन कोइराला, विनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, माधवप्रसाद श्रेष्ठ र दिलिपसिंह देउवा रहेका छन् ।

यसैगरी, दीपककुमार बस्नेत, ओमबहादुर राना, जयराज सापकोटा, सञ्जीव शर्मा दास र सुरेन्द्रबहादुर गुरुङ पनि डीआईजी बढुवा सिफारिस भएका छन् ।

मंगलबार नै बसेको बढुवा सिफारिस समितिको बैठकले डीआईजी सिद्धिविक्रम शाहलाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।

हेरौं सूची :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved