बेलायतसहित तीन देशलाई नेतन्याहुको जवाफ : सबै इजरायली बन्धक रिहा नगरेसम्म कारबाही रोकिँदैन

नेपालभ्युज

बेलायतसहित तीन देशलाई नेतन्याहुको जवाफ : सबै इजरायली बन्धक रिहा नगरेसम्म कारबाही रोकिँदैन

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले सबै इजरायली बन्धकलाई रिहा गरेपछि मात्र युद्ध समाप्त हुने बताएका छन् ।

बेलायत, फ्रान्स र क्यानडा गरी तीन देशले जारी गरेको संयुक्त विज्ञप्तिको मंगलबार साँझ जवाफ दिँदै उनले गाजामाथिको कारबाही तुरुन्त रोक्न नसकिने स्पष्ट पारेका हुन् ।

हमासले सबै इजरायली बन्धकहरूलाई रिहा गरेपछि मात्र युद्ध समाप्त हुने नेतन्याहुको भनाइ छ ।

बेलायत, फ्रान्स र क्यानडाले यसअघि मंगलबार दिउँसो इजरायललाई गाजामा तुरुन्तै आक्रमण बन्द गर्न आग्रह गरेका थिए ।

‘बेलायत, क्यानडा र फ्रान्सका नेताहरूले हामी हाम्रो सुरक्षाको लागि लडिरहेको युद्ध रोक्न माग गरिरहेका छन् । यी देशहरूले पनि प्यालेस्टिनी राष्ट्रको माग गरिरहेका छन्,’ यसको जवाफमा नेतान्याहुले भने, ‘इजरायलले आफ्नो सीमामा हमास आतंककारीहरूलाई नष्ट गर्नुअघि युद्ध रोकोस् भन्ने यी देशहरू चाहन्छन् ।’

नेतान्याहूले यो युद्धलाई बर्बरताविरुद्धको सभ्यताको युद्धको रूपमा वर्णनसमेत गरेको बीबीसीको समाचारमा जनाइएको छ ।

‘यदि बाँकी बन्धकलाई रिहा गरियो र हमासले हतियार बिसायो भने गाजाबाट सबै सेना फिर्ता हुन्छन् र युद्ध भोलि नै समाप्त हुन सक्छ,’ उनले थपे ।

इजरायललाई तीन देशको चेतावनी : गाजामा नयाँ सैन्य कारबाही बन्द नगरे ठोस कदम चाल्छौं

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved